डोटी जिल्लाका विभिन्न २० गाविस र एक नगरपालिकामा एच.आई.भी÷एडस साक्षरता कार्यक्रम शुरु हुने भएको छ ।
कामका लागी बिदेश जाने समुदायका ब्यक्तिका परिवार तथा निरक्षर महिलाहरुलो लक्षीत गरि संचालन गरिने उक्त कार्यक्रम सामुदायिक विकास मञ्च नेपाल र युनेस्कोको संयुक्त साझेदारीमा सञ्चालन हुने बताईएको छ ।
सामुदायिक अध्ययन केन्द्रहरु सहित अन्य साक्षरता समुह गरी चालिस समुहमा सहयोगी कार्यकर्ता मार्फत साक्षरता कार्यक्रम शुरु हुन कुरा सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष भक्तबहादुर सिंहले वताउनु भयो।
सुदुरपश्चिमका पहाडी जिल्लारुरबाट कामको लागी भारतका बिभिन्न ठाउमा जाने र असुरक्षित यौन सम्पर्क का कारण फर्कदा एच.आई.भी संक्रमण हुने गरेको पाईएको छ ।