डोटी
स साना बिद्यार्थीहरु हातमा अंग्रेजी माधयमको पुस्तक शिक्षिका कक्षा कोठामा पस्ने बित्तिकै गुड मोर्निड मिस भन्ने आवाज सुनिन्छ । बिद्यार्थीहरुले पढेको र अन्य कुरा हेर्दा ग्रामिण क्षेत्रमा भर्खरै खुलेको बोर्डिड. स्कुल जस्तो लाग्ने यो बिद्यालय भने निजि नभएर भर्खरै स्थापना भएको सरकारी बिद्यालय हो । डौड गाबिस ७ डुग्री गाउमा रहेको बालज्योती प्राथमिक बिद्यालयमा जिल्ला शिक्षा कार्यालय डोटी बाट अनुमती लिएर अंग्रेजी माध्याममा पढाई शुरु गरिएको छ । निजि बोर्डिड. स्कुलमा महंगो शुल्क तिरेर पढाउन नसक्ने गाउका बिद्यार्थीहरुलाई बोर्डिड.कै हाराहारीको शिक्षा दिन अंग्रेजी माध्यममा शुरु गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । गाउका सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले ५ कक्षा पुग्दा सम्म ए बि सि डि रामे संग आउदैन जति कक्षा बढेदै जान्छ बिद्यार्थीहरु कमजोर हुन्छन र आखिरमा बिद्यालय छोड्छन त्यहि भएर हामिले बिद्यालयमा अंग्रजी पढाउन शुरु गर्यौ अध्यक्ष डुम्रेलले थपे ।
स्थापना भएको एक बर्षमात्र पुगेकोले उपयुक्त बिद्यालय भवन र अन्य आवश्यक सामाग्रीिको समेत जोहो गर्न गाहे छ । कमजोर भौतिक अवस्था तथा कक्षाकोठाको अभाव भए पनि जेनतेन गुजारा गरि पढाईरहेका शिक्षिका सृजना डुम्रेलले भनिन ।
जिल्ला सदरमुकाम सिलगढीबवाट पैदल एक दिन टाढा डौड गाबिस स्थित उक्त बिद्यालयमा १ सय पैतिस जना बिद्यार्थीहरु रहेका छन् भने जनश्रमदानबाट स्थानीय बासिन्दाहरुले तिनकोठे भवन समेत वनाई सकेका छन ।
सानो छ“दा विभिन्न घरायसी कारणले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिे धोको पुरा हुने कुरा स्थानीय राम डुम्रेलले भने उनले थपे कम पैसामा घर नजिकै अंग्रजी माध्यममा पढाउने धोको पुरा भएको छ ।
यहा“ अध्ययन गर्ने अधिकांश छात्रा रहेका छन् । स्थानीयको पहलमा संचालन भएको उक्त बिद्यालयमा पियनको काम समेत संस्थापक गर्दै आएका छन् । ‘
No comments:
Post a Comment