Friday, September 16, 2011

हलियाका बालबालिकामाथि शिक्षकबाट दुव्र्यवहार



 
डडेल्धुरा, भदौ २८ गते । अझै पनि डडेल्धुरा जिल्लामा मुक्त हलियाका बालबालिकाहरू माथि विद्यालयका शिक्षकहरूद्वारा विभेद हुने गरिएको आरोप अभिभावकले लगाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र
-इन्सेक)को क्षेत्रीय कार्यालय धनगढीद्वारा डडेल्धुरामा आयोजना गरिएको मुक्त हलियाका बालबालिकाहरूको शैक्षिक अवस्था विषयक छलफल कार्यक्रममा मुक्त हलिया अभिभावकहरूले सो आरोप लगाएका हुन् ।
जिल्ला हलिया मुक्ति समाजका जिल्ला संयोजक भीम कैनीले अमरगढी नगरपालिकाभित्रकै एक विद्यालयका शिक्षकले शरीर गन्हाएको आरोप लगाउँदै मुक्त हलियाका बालबालिकाहरूलाई विद्यालयबाट निकालेको गुनासो व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो- अमरगढी नगरपालिकाको सहश्रलिङ उच्च मावि राईका एक शिक्षकले मुक्त हलियाका बालबालिकालाई शरीरबाट गन्ध आयो भनेर विद्यालयबाटै निकालेको
ताजा उदाहरण छ ।
नेपाल सरकारले मावि तहसम्मको शिक्षा निःशुल्क गरे पनि कतिपय विद्यालयहरूमा मुक्त हलियाका बालबालिकाहरूबाट समेत शुल्क लिइरहेको कैनीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक तीर्थराज पन्तले विद्यालयमा यसरी मुक्त हलियाका बालबालिकालाई निकालेको कुरा शिक्षा कार्यालयलाई जानकारी नभएको बताउनुभयो तर उक्त कुरा साचो भए त्यस्ता शिक्षक माथि कानुनी कारबाही हुने विद्यालय निरीक्षक
पन्तले बताउनुभयो ।
त्यसैगरी नेपाल सरकारको घोषित नीतिविरुद्ध शुल्क लिएको भेट्टएिमा कानुनी कारबाही गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दे त्यस्ता विद्यालयको गोप्य तवरबाट नाम दिनसमेत उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मुक्त हलिया र उनीहरूको बालबालिकालाई सहयोग पुर्‍याउने स्पष्ट नीतिको अभाव रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
अधिकारका कुराले मात्रै मुक्त हलियाका बालबालिकाको अवस्थामा सुधार आउन नसक्ने भन्दै प्रजिअ लामिछानेले भने-सीपमूलक र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नसकेमा मात्रै मुक्तिको सार्थकता
हुने बताउनुभयो ।
सोही कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका क्षेत्रीय संयोजक खड्कराज जोशीले मुक्त हलियालाई पुनःस्र्थापना गर्दै उनका छोराछोरीको उच्चशिक्षासम्म निःशुल्क पठनपाठनको राज्यले व्यवस्था गर्नर्ुपर्नेमा
जोड दिनुभयो । राष्ट्रिय हलिया मुक्ति समाजका केन्द्रीय कार्यक्रम संयोजक चक्र विकेले मुक्त हलिया बालबालिकाहरूप्रति विद्यालयका शिक्षकले नै दुव्र्यवहार गरेको घटना बारम्बार दोहरिँदै आएको तर सम्बन्धित निकायको ध्यान जान नसकेको आरोप लगाउनुभयो

No comments:

Post a Comment