Monday, September 12, 2011

तालिमनै नदिएर १ लाख ४० हजार गायव



डोटी
कर्मचारीहरुलाई कम्प्युटर तालिम दिने भनि छुट्याइएको १ लाख ४० हजार जिल्ला विकास समिति डोटीले तालिम नै नदिई निकासा गरेको छ ।

आर्थिक बर्ष ०६७÷०६८ भित्र जिल्ला बिकास समिति डोटीमा प्रशासन तर्फका कर्मचारीको कम्प्युटर क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कम्प्युटर तालिमको लागी उक्त रकम बिनियोजन गरिएको थियो ।

जिल्ला बिकास समिति डोटीका कर्मचारीहरुबाट  प्राप्त जानकारी अनुसार लेखा फांटमा कार्यरत कर्मचारीहरुको मिलेमतोमा सदरमुकाम सिलगढी बजार स्थित शैलेश्वरी कम्प्यूटर इन्सिच्युटका संञ्चालक सुपेन्द्र श्रेष्ठलाई  तालिम शुरु नहुदै भुक्तानि गरिएको खुलासा भएको छ ।

तालिम नहुदै रकम निकासा भएको र हाल सम्म पनि तालिमको अत्तो पत्तो थाहा नभए पछि प्रशासन शाखामा कार्यरत कर्मचारीहरु रुष्ट भएको छन । प्रशासन शाखामा कार्यरत खरिदार पर्मानन्द भट्टले भने “मलाई त त्यो कम्प्यूटर तालिम दिने भन्ने नै थाहाँ छैन ।”

कतिपय कर्मचारीहरुलाई कम्प्युटर तालिमको बारेमा जानकारी नभएको बताईएको छ । उता जिल्ला विकासका सुचना अधिकारी कृष्ण खड्काले ले पनि आफुलाई तालिम नलिएको बताउनु भएको छ । तालिम हुने भन्ने सुनेको भए पनि हाल सम्म कुनै जानकारी नपाएको गुनासो सुचना अधिकारी खड्काले गरे ।

यस विषयमा डोटीका स्थिानीय विकास अधिकारी यदुप्रशाद पन्थीले रकम निकासा भएको स्विाकार गरे । अधिकारी पन्थिले भने निकट भविष्टमै तालिम शुरु हन्छ , कर्मचारकिो कामको ब्यस्थताले गर्दा तालिम शुरु हुन नसकेको बताए ।

सदरमुकम सिलगढी स्थित इन्सिच्यिुटका संञ्चालक संञ्चालक सुपेन्द्र  श्रेष्ठले छुट्ईएको रकम फ्रिज जाने डरले आफुलाई निकासा दिएको बताए । संचालक श्रेष्ठले भने पटक पटक जानकारी दिदा समेत कर्मचारी नआएकोले तालिम शुरु हुन नसकेको बताए ।

No comments:

Post a Comment