Friday, September 16, 2011

मदिरा र जुवा तासमा प्रतिबन्ध

वायल÷डोटीको दुर्गामाण्डौं गाबिसमा  मदिरा तथा जुवातासमा पूर्णरुपमा प्रतिबन्ध लगाईने भएको  छ ।
मदिराको अनियन्त्रित रुपमा भईरहेको बिक्री बितरण र सेवनका साथै जुवातासले स्थानीय  शान्ति सुरक्षामा असर पुगेपछि स्थानीय जनताको अग्रसरतामा दुर्गामाण्डौं गाबिसमा असोज १ गते देखि मदिरा र जुवातासमा पूर्ण प्रतिबन्ध लगाउन थालिएकोे गाबिस सचिब गणेश भट्टले बताउनु भयो ।
गाबिस सचिब गणेश भट्टका अनुसार यहि भदौ १८ गते वायलमा आयोजना गरिएको सर्बपक्षिय भेलाले जुवा तास  खेलाउनेलाई प्रतिपटक २ हजार, मदिरा बिक्रि बितरण र सेवन गर्नेलाई प्रतिपटक १० हजार जरिवाना गर्ने निर्णय गरिएको छ ।
उक्त सर्बपक्षिय बैठकले गरेको निर्णयलाई प्रहरी चौकी वायलले कार्यान्वयन गर्न सहयोग गर्नेछ भने स्थानीय राजनैतिक दल, ब्यापारी, स्थानीय बासिन्दाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन

No comments:

Post a Comment