Thursday, September 15, 2011

प्रधानमन्त्रीलाइ इमेलको ओईरो


प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो इमेल ठेगाना (bhattaraibaburam@gmail.com) सार्वजनिक गरेको तेस्रो दिन बुधबार नौ सय वटा इमेल प्राप्त गरेका छन्। उनका सहयोगी विश्वदीप पाण्डेका अनुसार पाँच सय जति पत्र मुद्रित गरेर प्रधानमन्त्रीलाई दिइएको छ। प्रधानमन्त्रीले महत्वपूर्ण लागेका पत्रलाई आफैं जवाफ लेख्ने गरेका छन्। बुधबार राति सवा एघार बजेदेखि एक घन्टासम्म भ्याएसम्मका पत्रको जवाफ आफ्नो ल्यापटप कम्युटरबाट दिए।





No comments:

Post a Comment