Tuesday, September 13, 2011

बेरोजगार युवाहरुको लाखौ रुपया ठगी ......



डोटी


आईडिया डट कम प्रालि नामक संस्थाले बेरोजगार युवाहरुलाई रोजगार मुलक तालिम दिने भन्दै सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट लाखौ रुपिया ठगी गरेका छन् ।
(आईडिया डट कम प्रालि ले दिने भनी प्रचार 
गरेको तालिमहरुको सुची र कार्य निर्देशिका )
कैलालीको धनगढी स्थित हसनपुरमा कार्यालय स्थापना गरी सुपका बिभिन्न जिल्लाका गाबिस कर्मचारी मार्फत सहयोगी राख्न लागाई पैसा संकलन गरिएको बताईएको छ ।
असोज २५ गते देखि तालिम शुरु गर्ने भनि मिति तोकिएको भए पनि संम्न्धित २७ गते सम्म पनि सम्पर्कमा कोहि नआए पछि  युवाहरुले ठगिएको थाहा पाएका हुन । उक्त आईडिया डट कम प्रालिका संचालक सिमश श्रैष्ठ र लालबहादुर भुलको खोजी भईरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी कैलासस कुमार बजमियाले बताए ।
डोटीको डौड गाबिसका गणेशबहादुर रनेनीले उक मुष्ट १२ हजार बmुझाएर काम बाफतको भत्ता समेत बुझेर आएको बताए । उनले भने २५ गते तालिम दिन आउछौ भत्ता र नियुक्ति पत्र लगेर जानुुस भने अहिले ठगीएको थाहा पाए ।
यस्तै गाबिस कर्मचारिहरुको पहलमा समेत रकम संकलन र कार्यक्रम सहयोगी राख्ने भएको थियो डोटीको बासुदेवी गाबिसका कर्मचारी डमर भट्टका अनुसार उक्त गाबिसबाट २४ हजार भन्दा बढी रकम संकलन गरेर बुझाउने कार्य भएको थियो । ७ दिने सुचना प्रकाशित गरी कर्मचारी छनौट गर्नु भनि गाबिस लाई पत्राचार गरिएको थियो ।

No comments:

Post a Comment