Wednesday, May 9, 2012

महिला एकता जिन्दावाद । हेर्नुस डोटीको दिपायलमा अखण्ड सुदुरपश्चिमको माग गर्दै महिलाहरुले निकालेको जुलुश भिडीयो


अखण्ड सुदुरपश्चिमको माग गर्दै डोटीको सिलगढीमा निकालीएको र्याली

अखण्ड सुदुरपश्चिमको माग गर्दै डोटीको सिलगढीमा निकालीएको र्याली । नेकपा माओदबी बिगत तेह् दिनको बन्दका कारण जनजिवनमा नराम्रो प्रभाव परेको छ । यातायातका साधन चल्न नसकेका कारण  दैनिक उपभोग्य सामाग्रकिा साथै ओषधी अभाव देखिन थालेको छ । ब्यापारीहरुले खाद्यान्नमा मनमानी मुल्य तोकेर बिक्रि गरिरहेका छन् । उता काठमाण्डौबाट  माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले सुदूरपश्चिम मा भइरहेका आन्दोलन सङ्घीयता विरोधी र प्रतिगामीहरुको षडयन्त्र भएको बताएका छन्।   माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलले प्रस्ताव गरेका दसवटा प्रदेश मध्ये हालको सुदूरपश्चिमका पहाडका सात जिल्लालाई एउटा प्रदेश र कैलाली, कञ्चनपुरलाई प्रस्तावित थरुहटमा राख्ने प्रस्ताव गरेको बताएपछि अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलन थालिएको थियो ।