Monday, March 26, 2012

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,  नेपालगंजको सेतु बि क चोकमा रहेको जनआन्दोलन २ की शहिद सेतु बिक को शालिक हो यो । लोकतान्त्रिक गाणतन्त्र प्राप्तीका लागी भएको जनआन्दोलनमा ज्यान गुामए बाफत सेतु बिक लाई शहिद घोषणा गरि यो ठाउको नाम शहिद सेतु बि क चोक राखि शालिक बनाएको थियो । शालिक बनेको केहि महिना पछि चर्किएको मधेश आन्दोलनका क्रममा सेतु बिकको शालिकलाई समेत ढाल्ने काम भयो । एउटाले बनाउने अर्कोले भत्काउने, एउटाको कुरा अर्कोले नमान्ने बर्तामान नेपालको यतार्थता यहि हो ।  

शहिद सेतु बि क को यो शालिकले बर्तमान नेपालको यथार्थता झल्काउछ,  नेपालगंजको सेतु बि क चोकमा रहेको जनआन्दोलन २ की शहिद सेतु बिक को शालिक हो यो । लोकतान्त्रिक गाणतन्त्र प्राप्तीका लागी भएको जनआन्दोलनमा ज्यान गुामए बाफत सेतु बिक लाई शहिद घोषणा गरि यो ठाउको नाम शहिद सेतु बि क चोक राखि शालिक बनाएको थियो । शालिक बनेको केहि महिना पछि चर्किएको मधेश आन्दोलनका क्रममा सेतु बिकको शालिकलाई समेत ढाल्ने काम भयो । एउटाले बनाउने अर्कोले भत्काउने, एउटाको कुरा अर्कोले नमान्ने बर्तामान नेपालको यतार्थता यहि हो ।  by :Dil Bahadur Singh

Thursday, March 22, 2012

Death in road



डोटी दिपायल पात्तिहाल्ने जिल्ला सडक खण्डमा काम गरिरहेका महिलाहरु । केहि दिन अघिमात्र सोही सडक खण्डको डौड गाबिस २ मा सडक खन्ने क्रममा मा सडक पहिरोमा पुरिएर ३ जना महिलाको मृत्यु भएको थियो भने १२ जना महिला घाईते भएका थिए ।

Saturday, March 3, 2012

सडक खन्ने क्रममा पुरिएर ३ को मृत्यु


डोटी
सडक खन्ने क्रममा माथिबाट आएको माटोको डिस्कोमा पुरिएर डोटीको डौड गाबिसमा शनिवार ३ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३६ बर्षिया भागा देवि सिंह, २५ बर्षिय कलावती सिंह र ३० बर्षिया कलु देवि सिहं रहेको प्रहरी चौकी डौडले जनाएको छ  ।
सोही घटनामा परी ९ जना महिला घाईते भएका छन् ।
घाईते मध्ये ५ अवस्था गम्भिर रहेको बताईएको छ । जिल्ला सदरमुकाम सिलगढी बाट १३ कोष टाढा रहेको डौडबाट घाईतेलाई सदरमुकाम ल्याउनेका कार्य भईरहेको बताईएको छ ।
निर्माणाधिन दिपायल पात्तिहाल्ने जिल्ला सडक बेलायतको अन्तराष्टिय बिकास बिभाग डिएफआईडीको सहयोगमा ग्रामिण पहुच कार्यक्रम दोस्रो चरणले सडक निर्माण कार्य गर्दै आईरहेको छ ।