Saturday, March 3, 2012

सडक खन्ने क्रममा पुरिएर ३ को मृत्यु


डोटी
सडक खन्ने क्रममा माथिबाट आएको माटोको डिस्कोमा पुरिएर डोटीको डौड गाबिसमा शनिवार ३ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३६ बर्षिया भागा देवि सिंह, २५ बर्षिय कलावती सिंह र ३० बर्षिया कलु देवि सिहं रहेको प्रहरी चौकी डौडले जनाएको छ  ।
सोही घटनामा परी ९ जना महिला घाईते भएका छन् ।
घाईते मध्ये ५ अवस्था गम्भिर रहेको बताईएको छ । जिल्ला सदरमुकाम सिलगढी बाट १३ कोष टाढा रहेको डौडबाट घाईतेलाई सदरमुकाम ल्याउनेका कार्य भईरहेको बताईएको छ ।
निर्माणाधिन दिपायल पात्तिहाल्ने जिल्ला सडक बेलायतको अन्तराष्टिय बिकास बिभाग डिएफआईडीको सहयोगमा ग्रामिण पहुच कार्यक्रम दोस्रो चरणले सडक निर्माण कार्य गर्दै आईरहेको छ ।

No comments:

Post a Comment